दाङ । पछिल्लो केही दिनयता दाङलगाएत देशभर गर्मी बढ्दै गएको छ । विशेषगरी तराई/मधेशका जिल्लाहरुमा गर्मी धेरै छ ।
दाङमा हिजो अधिकतम तापक्रम ३४ दशमलव ५ डिग्री सेल्सीयस पुगेको थियो । मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज धनगढिको तापक्रम ४० डिग्रिसम्म पुग्ने अनुमान गरीएको छ ।
यस्तै दिपायल, नेपालगञ्ज, भैरहवालगायतका ठाउँमा पनि तापक्रम बढेर ३८ डिग्री नाघेको छ । जनकपुरमा ३५ डिग्री नाघेको छ । तापक्रम बढ्दै गएकाले तराई मधेशमा केही दिनमा तातो हावासमेत चल्ने सम्भावना रहेको मौसमविद् मानन्धरले बताउनुभयो ।
बढ्दो गर्मीले जनजीवन प्रभावितसमेत भएको छ । मौसमविद् मानन्धरले देशभर अझै तापक्रम बढ्दै जाने बताउनुभयो । उहाँका अनुसार तत्काल देशभर ठूलो पानी पर्ने सम्भावना छैन । तर थोरै ठाउँहरुमा हावाहुरी र मेघगर्जनसहित हल्का पानी पर्ने अनुमान छ ।















