दाङ। तुलसीपुरको पर्यटकीय स्थल राप्ती शान्ति उद्यानमा आँखा उपचार सेवा शुभारम्भ भएको छ । तुलसीपुर–७ गणेशपुरमा रहेका उद्यानमा आउने बाह्य तथा आन्तरिक पर्यटकहरुले अब आँखा उपचार निःशुल्क पाउने भएका हुन् ।
नेपाल नेत्रजयोति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालले साप्ताहिक आँखा उपचार केन्द्रको स्थापना गरि शनिबारदेखि सेवा दिन सुरु गरेका ेहो ।
राप्ती आँखा अस्पतालको प्राविधि सहयोग तथा राप्ती शान्ति उद्यानको साझेदारीमा सुरु भएको साप्ताहिक आँखा उपचार केन्द्रको शनिबार उद्घाटन गरिएको हो । राप्ती आँखा अस्पताल प्रशासनिक समितिका संयोजक ध्रुव गौतमको अध्यक्षता तथा नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको हो ।
प्रमुख अतिथि गिरीले देशभर नेपाल नेत्रज्योति संघले आँखा अस्पताल उपचार केन्द्रहरु सञ्चालन गरि दृष्टिविहिनता न्यूनिकरणका लागि काम गदै आएको बतउनुभयो । आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका गिरीले राप्ती शान्ति उद्यानमा आउने पर्यटकहरुका लागि आँखा उपचार सेवा प्रवाह गर्न यहाँ पहिलो पटक साप्ताहिक रुपमा साझेदारीमा आँखा उपचार सेवा सुरु गरेको बताउनुभयो ।
गिरीले आँखा उपचार केन्द्रमा आउने विरामीहरुको निःशुल्क आँखा चेकजाँच हुनुका साथै मोतिविन्दुको शल्यक्रिया गर्नुपर्ने विरामी फेलापरेमा अस्पतालले ५० प्रतिसत छुटमा शल्यक्रिया गर्ने व्यवस्था मिलाएको बताउनुभयो ।
‘हाम्रो उद्देश्य भनेको आँखा उपचार सेवालाई सहज र सवैको पहुँच सम्म पुर्याउनेहो, राप्ती शान्ति उद्यान आउने पर्यटकहरुको निःशुल्क आँखा जाँच अव यहि गराउन पाउनुहुने छ – गिरीले भन्नुभयो ।’
त्यस्तै राप्ती शान्ति उद्यान समितिका अध्यक्ष सुधिर केसीले पार्कमा आउने पर्यटकहरुले पार्क अवलोकन संगै आँखा जस्तो सम्वेदनशिल अंगको चेकजाँच गराउने अवसर पाउनु खुसीको कुरा भएको बताउनुभयो
त्यस्तै श्री गणेश सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डिल्लीराज भण्डारीले नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालन भएका आँखा अस्पताल र उपचार केन्द्रले लाखौ जनतालाई सर्वसलभ सेवा दिएको बताउनुभयो ।
उहाँले राप्ती शान्ति उद्यानमा पनि आँखा स्वास्थ्य सेवा प्रवाहका लागि साप्ताहीक आँखा उपचार केन्द्र सञ्चालन गरेकोमा सवैलाई धन्यवाद दिनुभयो ।
‘उद्यानमा शनिबार करिव ३ हजार बढी पर्यटक आउनुहुन्छ । अब यहाँ आउने पर्यटकले साप्ताहिक रुपमा आँखा उपचार सेवापनि पाउने हुनुभएको छ यो सवैको खुसीको कुराहो – अध्यक्ष भण्डारीले भन्नुभयो ।’
उद्घाटन कार्यक्रममा संयोजक ध्रुव गौतमले पहिलो पटक केन्द्रबाट अस्पतालमा मोतियाविन्दुको शल्यक्रियाका लागि रिफर हुने बिरामीलाई निःशुल्क आँखाको शल्यक्रिया व्यक्तिगत लगानिमा गर्ने घोषणा गर्नुभयो ।
नेपाल नेत्रज्योति संघ दाङ शाखाका सहसचिव प्रणवकुमार खड्काको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रममा नेपाल नेत्रज्योति दाङ शाखाका सदस्य सुरेन्द्रबहादुर खड्का, नेत्र विशेषज्ञ डा. सुमित पाण्डे, सामुदायिक वनका सदस्य बोलकुमारी भण्डारीलगायतले शान्ति उद्यानमा उपचार केन्द्र सञ्चालन गर्नु राम्रो कुरा भएको बताउनुभयो ।
उद्यानमा अब प्रत्येक शनिवार बिहान १० बजेदेखि साँझ ४ बजेसम्म आँखाको चेकजाँच सेवा सुचारु भएको राप्ती आँखा अस्पतालका वरिष्ठ प्रशासकिय अधिकृत जसराज विश्वकर्माले जानकारी दिनुभयो ।

























