२०८२ फाल्गुन २६ गते मङ्गलवार

कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक

दाङ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक गरेको छ। पहिले वैशाख ११ देखि परीक्षा हुने भनिएको थियो, तर हिजो अचानक पूर्वनिर्धारित समयतालिका अनुसार परीक्षा नगर्ने निर्णय गरिएको थियो । अब, बोर्डले वैशाख २१ देखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

हिजो बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीले नै परीक्षा सार्न सुझाव दिनुभएको हो । त्यसअघि हिजो बिहानको बोर्ड बैठकले निजामति कर्मचारी खटाएर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । यद्यपि निजामति कर्मचारीले पनि परीक्षामा सहयोग नगर्ने र शिक्षकबिना परीक्षा सञ्चालन गर्न असहज हुने बताएका थिए ।

बोर्डका अध्यक्ष शर्मासहितको टोलीले प्रधानमन्त्री ओलीसँग बालुवाटार पुगेर छलफल गरेपछि प्रधानमन्त्रीले केही दिन परीक्षा सार्न निर्देशन दिनुभएको र निर्देशनअनुसार बोर्डको बैठक बसेर परीक्षा २१ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । गएको चैत २० गतेदेखि विभिन्न माग राखेर शिक्षक महासङ्घले काठमाडाँै केन्द्रित आन्दोलन र शैक्षिक हडताल गर्दै आएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस