२०८२ जेष्ठ ८ गते बिहिवार

दाङमा घोडाको लात्तीले लागेर एक युवकको मृत्यु

दाङ । दाङमा घोडाको लात्ती लागेर एक युवककोे मृत्यु भएको छ । घोडाको लात्तीले लागेर बबई गाउँपालिका–५ बबरपुरका १८ वर्षका योगेश सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार हिजो बुधबार दिउँसो करिब २ बजे बाटोमा हिँडिरहेका सुनारलाई सोही ठाउँका ६० वर्षीय झगबिर ओलीको घोडाले पछाडिबाट लात्ती हान्दा सुनारकोे वायाँ कोखामा चोट लागेको थियो ।

घाइते सुनारलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर बाँकेको नेपालगञ्ज मेडिकल कलेज रिफर गरिएको थियो ।

उपचारका क्रममा हिजो राति पौने ९ बजेतिर सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता सूर्य रानाले जानकारी दिनुभयो ।
मृतक सुनारको शवलाई हाल सोही अस्पतालमा राखिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस