
दाङ । नेपाल समाजवादी पाटी (नयाँ शक्ति)ले प्रत्यक्ष कार्यकारीको मागसहित प्रदर्शन गरेको छ । पार्टीले शुक्रबार लुम्बिनी प्रदेशका १२ वटै जिल्ला प्रशासन तथा ईलाका प्रशासन कार्यालयमा प्रदर्शन गरेको हो ।
पार्टीले लुम्बिनी प्रदेशमा १२ जिल्ला, १२ बजे, १२ मिनेट प्रशासन कार्यालय अगाडी प्रदर्शन गरेको पाटीका लुम्बिनी प्रदेश उत्प्रेरक तथा केन्द्रिय कोषाध्यक्ष हरि रिजालले बताउनुभयो । पाटीको निर्णय अनुसार ईलाका प्रशासन कार्यालय तुलसीपुर अगाडी पनि प्रर्दशन गरिएको कोषाध्यक्ष रिजालले बताउनुभयो ।

राष्ट्रपति, प्रधानमन्त्री , मूख्यमन्त्री प्रत्यक्षरुपमा नागरिकले छनौट गर्ने अधिकारका लागि संविधान संसोधन गर्नुपर्ने पाटीले माग राखेर प्रदर्शन गरेको कोषाध्यक्ष रिजालले बताउनुभयो ।

‘राजनीतिक अस्थिरताको ओखती–प्रत्यक्ष निर्वाचित राष्ट्रपति’, ‘अन्त्य गरौँ भ्रष्टाचार, बनाऔँ समृद्धीको आधार, शिक्षामा आमुल सुधार–शैक्षिक अवसर सबैलाई बराबर, कतिबस्छौ युरोय र खाडीमा –भविष्य खोजौँ आफ्नै खेतबारीमा, कि देउ रोजगार, कि बनाउ स्वरोजगार, मेरो उत्पादन मेरो मूल्य, बारीमा रोपौँ पारीको रोपौँ जस्ता नारा लेखिएका प्ले कार्डसहित प्रदर्शन गरिएको हो ।