दाङ । दाङको तुलसीपुरमा महिला उद्यमी भेला तथा नेतृत्व विकास सम्बन्धि अभिमुखीकरण कार्यक्रम शनिबार तुलसीपुरमा गरिएको छ । ‘उद्यमशीलता महिला सहभागिता,समृद्ध तुलसीपुर हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ महिला उद्यमी भेला तथा नेतृत्व विकास सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लाल बहादुर केसीको अध्यक्षता तथा तुलसीपुर–७ का अध्यक्ष राम बहादुर जिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
त्यस अवसरमा प्रमुख अतिथि वडाअध्यक्ष जिसीले खेर गइरहेको वस्तुलाई प्रयोग ल्याएर बजारीकरण गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लाल बहादुर केसीले स्थानीय वस्तुको उत्पादन गरी आफै बजारीकरण गर्न जनश्रम धेरै लाग्ने भएकाले घरेलुसंगको सहकार्यले सहज हुने बताउनुभयो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखाका सल्लाहकार शरद अधिकारी र नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखाका अध्यक्ष लव अधिकारीले महिला उद्यमीहरुलाई क्षमता तथा नेतृत्व विकास समबन्धि प्रशिक्षण दिनुभयो । कार्यक्रममा ४२ जना महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन महासचिव भद्र बहादुर ओलीले गर्नुभएको हो । भेलाले मिना कुमारी केसीको अध्यक्षतामा तुलसीपुर उपमहानगरपालिका महिला उद्यमी समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा दुर्गा शर्मा, महासचिवमा टीका केसी, कोषाध्यक्षमा मधु खड्का , सचिवमा द्रोपती रोका, सह–कोषाध्यक्षमा उर्मिला चौधरी, सदस्यमा दु्रपता बिक, भगबती शर्मा, माया बुढा, कल्पना ओली र कमल अधिकारी चयन हुनुभएको छ ।














