२०८२ जेष्ठ ८ गते बिहिवार

जिल्ला वचत तथा ऋण सहकारी संघ नवलपुरको प्रतिनिधि टोली हाम्रो पहुँचमा


दाङ । जिल्ला वचत तथा ऋण सहकारी संघ लिमिटेड पूर्वी नवलपरासी (नवलपुर)को प्रतिनिधि टोलीले तुलसीपुर–७ मा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष शुक्रराज भण्डारीसंग भेटघाट गरेको छ ।

अवलोकनका लागि आएको प्रतिनिधि टोलीले अध्यक्ष भण्डारीसंग भेटघाट गरी संस्थाले संचालन गरेका विभिन्न विभागको व्यवस्थापकीय पक्षको बारेमा जानकारी लिएको हो ।

संघका अध्यक्ष बद्रिनाथ नेपालसहित आएको प्रतिनिधि टोलीले संस्थाका अध्यक्ष शुक्रराज भण्डारीसंग संस्थाले संचालन गरेका गतिविधिका बारेमा जानकारी लिएको हो ।

प्रतिनिधि टोलीलाई अध्यक्ष भण्डारीले संस्थाले संचालन गरेका गतिविधि, विभागिय व्यवस्थापन, कारोबारको अवस्था, शेयर सदस्य र कार्यक्षेत्र, नीति, नियम लगायतको बारेमा जानकारी गराउनुभएको हो ।

त्यस अवसरमा संघका सहसचिव नारायण प्रसाद पौडेलले हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले सफल र उदाहरणीय कारोबार गरेकै कारण अन्य सहकारीको लागि हाम्रो पहुँच सिकाईको केन्द्र बनेको बताउनुभयो ।

उहाँले पछिल्लो समय सहकारीप्रति नकारात्मक धारणा बनिरहेको अवस्थामा हाम्रो पहुँच जस्तै सहकारीले नकारात्मक धारणालाई गलत सावित गरेको भन्दै प्रशंसा गर्नुभयो । संघका उपाध्यक्ष तुलमणी पौडेल, कोषाध्यक्ष रामप्रसाद काफ्ले लगायत विभिन्न सहकारीका प्रतिनिधि टोलीको सहभागीता रहेको थियो ।

कार्यक्रमको सहजीकरण हाम्रो पहुँच सेकेन्डरी स्कुलका प्रधानाध्यापक डिआर भण्डारीले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस