२०८३ मङ्सिर ७ गते सोमवार

हाम्रो पहुँच सहकारीद्वारा शेयर सदस्यलाई आधारभूत सहकारी शिक्षा तालिम

दाङ । तुलसीपुर–७ झुमरेमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरूलाई आधारभूत सहकारी शिक्षा तालिम प्रदान गरेको छ ।

संस्थाले सोमबार संस्थाकै सभाहलमा शेयर सदस्यहरूलाई सहकारीको उद्देश्य, सिद्धान्त, मूल्य, मान्यता तथा सदस्यहरूको भूमिका र जिम्मेवारीका विषयमा जानकारी गराएको हो ।

तालिममा संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले प्रमुख प्रशिक्षकका रूपमा सहजीकरण गर्नुभएको हो । उहाँले सहकारीको वास्तविक मर्म, उद्देश्य र महत्व बुझेर सदस्यहरूले सहकारी अभियानलाई थप प्रभावकारी बनाउन भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

सहकारीले आफ्ना शेयर सदस्यहरूलाई सहकारीसम्बन्धी आधारभूत ज्ञान, सीप र जानकारी प्रदान गर्ने उद्देश्यले हरेक महिना नियमित रूपमा आधारभूत सहकारी शिक्षा तालिम सञ्चालन गर्दै आएको छ ।

सदस्यहरूलाई सहकारीको नीति, विधि, प्रक्रिया र जिम्मेवारीबारे सचेत बनाउँदै संस्थाप्रति अपनत्व र सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले तालिमलाई निरन्तरता दिइएको सहकारीले जनाएको छ । संस्थाको बचत तथा ऋण विभाग प्रमुख रेखा शर्माले सञ्चालन गर्नुभएको थियो भने संस्थाका कर्मचारी माधुरी पौडेलले सहजीकरण गर्नुभएको थियो ॥

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस