२०८२ जेष्ठ ८ गते बिहिवार

दाङमा अटो दुर्घटना हुँदा तीन जना घाइते


दाङ । दाङमा अटो दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका–३ स्थित साततले नजिक गोठिखोलामा बिहिबार साँझ ५ बजेतिर अटो दुर्घटना हुँदा तुलसीपुर उपमहानगरपालिका–५ निवासी १९ वर्षीय सुवास परियार, २५ वर्षीय डिल्ली बिष्ट र बबई गाउँपालिका–२ निवासी १९ वर्षीय भिमसेन परियार घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा भर्ना गरिएको छ । साततलेबाट तुलसीपुरतर्फ आइरहेको लु.प्र.०२–००१ ह ८८८ नम्बरको अटो अनियन्त्रित भई पल्टिीएको हो ।

अटो चालक दंगीशरण गाउँपालिका–२ निवासी २३ वर्षीय पूर्ण केसी इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा रहेको र अटोमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस