२०८२ जेष्ठ ८ गते बिहिवार

तुलसीपुर बसपार्कमा सवारी दुर्घटना : ८ वर्षीय बालक घाइते

दाङ, १८ वैशाख । तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्क न्युरोडमा मोटरसाइकलको ठक्करबाट एक ८ वर्षीय बालक घाइते भएका छन् । आज दिउँसो करिब साढे २ बजेतिर सुकौरातर्फ जाँदै गरेको लु.प्र.०२–००१ प ३५९५ नम्बरको मोटरसाइकलले बालकलाई ठक्कर दिएको हो ।

दुर्घटनामा रुकुम (पश्चिम) बाफीकोट गाउँपालिका–२ घर भई हाल तुलसीपुर–५ न्युरोडमा फुपुको घरमा बस्दै आएका साहित परियार घाइते भएको प्रहरीले जनाएको छ । बालकको दायाँ खुट्टामा चोट लागेको छ ।

राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि बालकलाई राप्ती लाइफ केयर अस्पताल, मोतिपुरमा थप उपचारका लागि रिफर गरिएको छ । बालकको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल ईलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा राखिएको छ भने चालक तुलसीपुर–६ निवासी २० वर्षीय एलिस केसी पनि प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस