२०८२ जेष्ठ ८ गते बिहिवार

दाङ – सल्यान सडक स्तरोन्नतीले पूर्णता पाउन अझै दुई वर्ष लाग्ने


दाङ । दाङ – सल्यान सडक स्तरोन्नतीको कामले पूर्णता पाउन अझै दुई वर्ष लाग्ने भएको छ । राप्ती राजमार्ग अन्तर्गत राम्रीदेखि कपुरकोटसम्मको केहि भाग स्तरोन्नतिको काम भइरहेको छ । बाँकी खण्डको भने दुई वर्षभित्र हुने भएको हो ।

अहिले राम्रीदेखि चोरखोलासम्मको ४ किलोमिटर सडक कालोपत्रेका लागि ग्राबेलको काम अन्तिम चरणमा पुगको हो । सडक डिभिजन कार्यालय घोराहीका अनुसार तुलसीपुर–३ राम्रीदेखि कपुरकोटको चोरखोलासम्म चार किलोमिटर सडक चालुवर्षको असार मसान्तभित्रै कालोपत्रे हुन लागेको छ ।

तुलसीपुरको हर्नेटीदेखि राम्रीसम्मको ५ किलोमिटर र कपुरकोटदेखि खारखोलासम्मको साढे ५ किलोमिटर सडक मर्मत तथा स्तरोन्तीका लागि ठेक्का पाउने कम्पनिको सुनिश्चित भएको छ ।

दुवै खण्डको साढे १० किलोमिटर सडक स्तरोन्नतिका लागि दाङ घोराहीको पिके निर्माण सेवा प्रालिले ४१ करोड ८१ लाख ५ हजार ५५२ रुपैँया लागतमा ठेक्का लिने बोलपत्र स्विकृत भएको सडक डिभिजन कार्यालय घोराहीले जनाएको छ ।

सडक स्तरोन्नतीको लागि ठेक्का लिने निर्माण कम्पनिको सुनिश्चित भएको र अबको १५ दिनभित्र सम्झौता हुने सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी अमीर सुवेदीले जानकारी दिनुभयो ।

दुई वर्षभित्र निर्माण सक्नेगरी सम्झौता हुन लागेको सूचना अधिकारी सुवेदीले बताउनुभयो । यससंगै राप्ती राजमार्गको दाङ सल्यान सडकखण्डको कामले पूर्णता पाउने भएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस