दाङ। दाङको तुलसीपुर–७ झुमरेस्थित रेडियो हाम्रो पहुँचले आफ्नो १७ औँ स्थापना दिवसको अवसरमा भोलि (शुक्रबार) रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
रेडियोका स्टेशन म्यानेजर बसन्त पौडेलले स्थापना दिवसको अवसरमा हरेक वर्ष जस्तै यस वर्ष पनि सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनुभयो ।
मानव सेवाभन्दा ठूलो अरू कुनै धर्म नहुने भन्दै रेडियोले सम्पूर्ण श्रोता, शुभचिन्तक तथा स्थानीयवासीलाई रक्तदान कार्यक्रममा उपस्थितका लागि अनुरोध समेत गरेको छ ।
२०६७ साल भदौ ५ गतेदेखि नियमित प्रसारण आरम्भ गरेको रेडियो हाम्रो पहुँच ८९ मेगाहर्जले आफ्ना हरेक स्थापना दिवसका अवसरमा विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रमहरू गर्दै आएको छ । सोही परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
रक्तदान कार्यक्रम रेडियो संचालक संस्था हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको कार्यालय परिसर तुलसीपुर–७ झुमरेमा हुने स्टेशन म्यानेजर पौडेलले बताउनुभयो । शुक्रबार बिहान ११ बजेदेखि रक्तदान कार्यक्रमको आयोजना गरिएको हुँदा इच्छुक रक्तदातालाई सहभागीताका लागि आव्हान समेत गरिएको छ ।






















