२०८२ फाल्गुन २६ गते मङ्गलवार

लुम्बिनी प्रदेशमा जनमत पार्टीकी सांसद गीता गुरुङको राजीनामा


दाङ। लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।
गुरुङ जनमत पार्टीकी समानुपातिक सांसद हुनुहुन्छ । उहाँले सभामुखलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर राजीनामा दिएको व्यहोरा उल्लेख छ ।

‘राष्ट्र देश जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो,’ उहाँले लख्नुभएको छ, ‘…जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन । तसर्थ आजै मितिबाट पदमुक्त हुन राजीनामा पेस गर्दछु ।’

प्रदेश सभा सदस्य गुरुङको मोबाइल नम्बरमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । उहाँको नम्बर डायल गर्दा स्वीच अफ भएको सन्देश सुनिन्छ ।

जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकेश गुप्ताले सभासद गुरुङले सभामुखलाई राजीनामा पत्र पठाएको जानकारी दिनुभयो । आफूले सभामुखलाई गुरुङको राजीनामा स्वीकृत गर्न भनेको जानकारी पनि उहाँले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस