२०८२ असार ६ गते शुक्रवार

तुलसीपुरका हिराबहादुर कुमाल सम्पर्कबिहिन, खोजिका लागि परिवारको अपिल


दाङ। तुलसीपुरका हिराबहादुर कुमाल सम्पर्कबिहिन हुनुभएको छ । तुलसीपुर–७ पर्सेनी कुमालगाउँ निवासी ७१ वर्षिय कुमाल गत शनिबारदेखि वेपत्ता हुनुभएको हो ।

शनिबार बिहान तरकारी किन्न बजार निस्केका कुमाल सम्पर्क बिहिन भएपछि परिवारले खोजिका लागि अपिल गरेको छ । सर्ट र हाप पाइन्ट लगाएका कुमाल शनिबार बिहान बिजौरी जान्छु भनि निस्केको तर अहिलेसम्म सम्पर्कबिहिन भएको उहाँका आफन्त राम बहादुर कुमालले बताउनुभयो ।

उहाँका अनुसार वेपत्ता कुमाल बोल्न नसक्ने हुनुहुन्छ भने अन्दाजी ५ फुट बढी अग्लो हुनुहुन्छ । उहाँको खोजिका लागि प्रहरीमा समेत जानकारी गराएपनि अहिलेसम्म सम्पर्कमा नआएको परिवारले जनाएको छ । भेट्ने जो कोही महानुभावले मोबाइल नम्बर ९८२२८०२३६९ मा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस