२०८३ मङ्सिर ७ गते सोमवार

विपन्न नागरिकको उपचारमा सहयोगार्थ आजदेखि महायज्ञ शुरु हुँदै

दाङ । विपन्न नागरिकको उपचारमा सहयोगार्थ अक्षयकोष स्थापनाका लागि दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा आजदेखि महायज्ञ संचालन हुने भएको छ । महायज्ञ वडा कार्यालयदेखि पश्चिमतर्फको बगैँचा मैदानमा संचालन हुन लागेको हो ।

वडा अध्यक्ष माधव वलीका अनुसार आज दिउँसो साढे १२ बजे वडा कार्यालयको गेट अगाडी सबै टोलबाट सहभागी हुने र वडा कार्यालयको गेटदेखि कलशयात्रासहितका र्‍याली निस्कने छ । महायज्ञको दिउँसो १ बजे तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले महायज्ञको उद्घाटन गर्नुहुने वडा अध्यक्ष वलीले बताउनुभयो । आजदेखि शुरु भएको महायज्ञ १५ गतेसम्म संचालन हुनेछ ।

उहाँले महायज्ञबाट न्यूनतम करिब १ करोड संकलन गर्ने लक्ष्य राखिएको बताउनुभयो । तर कोषमा रकम बढाउँदै लैजान सकिने बताउनुभयो । उहाँले आगामी दिनमा कोषलाई विस्तार गरि नगरस्तरिय बनाउन सकिने बताउनुभयो । महायज्ञको प्रमुख कथावाचकमा स्वर्णपदक विभुषित पण्डीत अमृतशरण देवाचार्य रहनुहुनेछ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस