२०८२ असार २४ गते मङ्गलवार

रोल्पामा लागूऔषधसहित चार जना पक्राउ

रोल्पा। रोल्पामा लागूऔषधसहित चार जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको लमही नगरपालिका– ५ कोइलाबास रोड घर भई रोल्पाको माडी गाउँपालिका–२ घर्तीगाउँमा हिलसाइड अटो वर्कसप संचालन गरि बस्ने ३१ वर्षीय राजन गुप्ता, माडी गाउँपालिका–२ पारिवाङका २२ वर्षीय सुमन बुढामगर, सोही ठाउँका २३ वर्षीय लोकेन्द्र बुढामगर र रोल्पा नगरपालिका–२ का २८ वर्षीय भुपेन्द्र डाँगी रहेको रोल्पा प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट कालो प्लास्टिकमा हालिएको ६.८२ ग्राम लागूऔषध (चरेश) बरामद गरिएको छ । शनिबार (जेठ ३ गते) बिहान रोल्पाको माडी गाउँपालिका–२ को कोइहालामा साइड अटो वर्कसपमा रहेको बा.२३ प २६८१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा सवारीसाधनका सञ्चालकसहित चार जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक बिजय चापागाईले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेकाहरूलाई लागूऔषध (चरेश) मुद्दामा जिल्ला अदालत रोल्पाबाट १० दिनको म्याद थप गरी ईलाका प्रहरी कार्यालय घर्तीगाउँमा आवश्यक अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस