२०८२ चैत्र १ गते आइतवार

सुकम्वासी, दलित अव्यवस्थीत बसोवास सहजिकरण समिति गठन


दाङ, २० जेठ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ मा भुमिहिन सुकुम्वासी, भुमिहिन दलित र अव्यवस्थीत बसोवासी सम्वन्धि सहजिकरण समिति गठन गरिएको छ ।

वडा नं. ५ का वडाध्यक्ष विरेन्द्र कुमार शाहको अध्यक्षतामा मंगलवार बसेको बैठकले भुमिहिन सुकुम्वासी भुमिहिन दलीत र अव्यवस्थीत बसोवासी सम्बन्धि सहजिकरण समिति गठन गरेको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष र वडा सदस्य तथा राष्ट्रिय मान्यता प्राप्त पाटि प्रतिनिधिको उपस्थीतमा बसेको बैठकले भुमिहिन सुकुम्वासी भुमिहिन दलीत र अव्यवस्थीत बसोवासी गर्नेहरुको नाप नक्साकन गर्नका लागि वडाध्यक्ष विरेन्द्रकुमार शाहको संयोजकत्वमा १३ सदस्य सहजिकरण समिति गठन गरेको सदस्य सचिव संजयकुमार गुप्ताले जानकारी दिनुभयो ।

जसको सदस्यमा मधुमति सुनार, भिमबहादुर केसी, लालमति भण्डारी, युवराज नेपाली सुसिल वली, प्रेमराज वली बंशीकुमार शर्मा गोरख बहादुर वली, बालाराम खड्का, गणेशबहादुर वलीरहेका छन् भने सदस्य सचिवमा तुलसीपुर –५ का वडा सचिव संजयकुमार गुप्ता रहेका छन् । समितिले भुमिहिन सुकुम्वासी भुमिहिन दलीत र अव्यवस्थीत बसोवासी गर्नेहरुको नाम नंक्साकन गर्नका लागि सहजिकरण गर्ने छ ।

त्यस्तै बैठकले नाप नक्सांकन गर्दा आवश्यकता अनुसार थप सदस्यहरु राख्न सक्ने निर्णय समेत गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस