२०८२ असार ६ गते शुक्रवार

तुलसीपुरमा स्कुटरको ठक्करबाट साइकल यात्री गम्भीर घाइते


तुलसीपुर, २५ जेठ । दाङको तुलसीपुर स्कुटरको ठक्करबाट साइकल यात्री गम्भीर घाइते भएका छन् । स्कुटरले साइकल यात्रीलाई ठक्कर दिदा साइकल यात्री रोल्पा गंगादेव गाउँपालिका–३ का १४ वर्षका कमानसिङ बस्नेत रहेको प्रहरीले जनाएको छ ।

घाइते बस्नेतको टाउकोमा चोट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उहाँको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी पूवक्ता सुर्य रानाले जानकारी दिनुभयो ।

पौने ५ बजेतिर तुलसीपुर–७ माताकुटी नजिकै श्रीगैबाट तुलसीपुर तर्फ आउदै गरेको रा ७ प २५९८ नंम्बरको स्कुटिले विपरीत दिशाबाट जाँदै गरेको साइकल यात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

स्कुटी चालक तुलसीपुर उपमहानगरपालिका– ७ का ३६ वर्षका रुपेस डिसीलाई नियन्त्रणमा लिएको रानाले जानकारी निुभयो । दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस