२०८२ असार २४ गते मङ्गलवार

दाङमा मनसुनजन्य विपद्बाट एक हजार बढी घरधुरी प्रभावित हुने अनुमान


दाङ ।
दाङमा मनसुनजन्य विपद्बाट एक हजार बढी घरधुरी प्रभावित हुने अनुमान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार संभावित विपद् जोखिम क्षेत्रको पहिचान गरी १ हजार ६ सय ५० घरधुरी प्रभावित हुने अनुमान गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकिय अधिकृत बिजय गौतमले माथिल्लो तटिय क्षेत्र र चुरे तथा महाभारत क्षेत्रसंग जोडिएको वस्ती पहिरोले बगाउने र समथर भूभागमा थुप्रिने समस्या हुने बताउनुभयो । उहाँले नदि तथा खोला किनाराका वस्ती बाढीले बगाउने, डुबाउने जस्ता समस्या हुने बताउनुभयो ।

विपद् प्रतिकार्य योजनामा राप्ती नदिबाट राजपुर गाउँपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिकाको वडा नम्बर १, २, ३, ६ र ७, लमही नगरपालिकाको वडा नम्बर २, ४, ५, ६, ७, ८ र ९ लाई प्रभावित हुन सक्ने क्षेत्रको रुपमा राखिएको छ ।

यस्तै मनसुनजन्य विपद्बाट तुलसीपुर उपमहानगरपालिकाको ५, ११, १२, १३ र १४ , घोराही उपमहानगरपालिकाको ३, ५, ८, ९, ११ र १३ नम्बर वडा जोखिम क्षेत्रमा छन् ।

यस्तै दंगिशरण गाउँपालिकाको वडा नम्बर १ र २, बबई गाउँपालिकाको १ र ७, शान्तिनगर गाउँपालिकाको ५, ६ र ७ जोखिम क्षेत्रमा परेका छन् । गत वर्ष २०८१ सालको मनसुनजन्य विपद्बाट करिब ४ करोड ८९ लाख ५८ हजार क्षति भएको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस