२०८३ मङ्सिर ७ गते सोमवार

ट्याक्टरबाट खसेर एक जनाको मृत्यु


सल्यान । सल्यानमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । छत्रेश्वरी गाउँपालिका र रोल्पाको त्रिवेणी गाउँपालिका सिमानामा पर्ने पोखरी भन्ने स्थानमा गए राति ट्याक्टरबाट खसेर छत्रेश्वरी गाउँपालिका २ गुराँसेका २८ वर्षका राजन भनेर चिनिने एकराज केसीको मृत्यु भएको हो ।

सल्यानको छत्रेश्वरी गाउँपालिका २ गुराँसेबाट बारीमा उत्पादन भएको बन्दागोपी बिक्रीका लागि रा १ त ४६६१ नम्बरको ट्याक्टरमा दाङ लैजाँदै गर्दा उक्त ट्याक्टरबाट खसेर केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका केसीको उपचारका लागि दाङ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरी चौकी कोइला रोल्पाका इन्चार्ज कर्णनाथ योगीले बताउनुभयो । ट्याक्टरबाट बन्दागोभी राखेको बोरा खसेपछि हेर्दै गर्दा चालकसँगै बसेका केसी खसेको र उहाँको टाउकोमा गम्भीर चोट लागको थियो ।

उहाँका अनुसार कच्ची सडकमा तीव्र गतिका कारण खसेको बोरा हेर्दा केसी ट्याक्टरबाट खसेको जस्तो देखिएको छ । ट्याक्टर चालक अहिले फरार रहेका र खोजी भैरहेको इन्चार्ज योगीको भनाइ छ । मृतकको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रहेको प्रहरीले जनाएको छ ।–कान्तिपुर अनलाइन

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस