२०८२ मङ्सिर ३ गते बुधवार

सर्फ बनाउने तालिमले महिलाहरू उत्साहित

दाङ । दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँमा सञ्चालन गरिएको सर्फ बनाउने तालिमले स्थानीय महिलाहरूमा नयाँ ऊर्जा थपिएकोे छ । घरायसी खर्चमा केही राहत पुग्ने र साना उद्यम मार्फत आम्दानीको बाटो खुलेको उनीहरूको भनाई छ ।

तालिममा सहभागी सहभागी शारदा पोख्रेलले सिप सिक्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । सके आफै गर्ने नसके समुह मार्फत व्यवसाय सञ्चालन गर्ने योजना रहेको पोख्रेलको भनाई छ । तालिमपछि महिलाहरूले साना समूह बनाएर सर्फ उत्पादन गर्ने योजना बनाएका छन् ।

राप्ती गाउँपालिकाको सहयोग तथा सिसहनियाँ सामुदायिक सिकाई केन्द्रले २ दिने सर्फ बनाउने तालिम सञ्चालन गरेको थियो । सिकाई केन्द्रमा आवद्ध १६ वटा समुहका ३२ जना महिलाहरूले सहभागिता जनाएका थिए । तालिममा घरेलु प्रयोजनका लागि सर्फ बनाउने तरिका, आवश्यक सामग्री, मापन, गुणस्तर सुधार तथा सुरक्षित प्रयोगबारे व्यावहारिक रूपमा सिकाइएको थियो ।

यसैबिच तालिमको एक कार्यक्रमका बिच समापन गरिएको छ । केन्द्रका उपाध्यक्ष चौधरीको अध्यक्षता तथा राप्ती गाउँपालिका– ५ का अध्यक्ष देवप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा तालिमको समापन भएको हो ।

वडा अध्यक्ष चौधरीले  यस्ता तालिमले गाउँलाई बाह्य उपभोगबाट आत्मनिर्भरता तर्फ लैजाने बताउनुभयो । उहाँले सिकेको सिपलाई व्यवहारमा लागु गर्दै उद्यमशील बन्न सहभागिहरुलाई आग्रह गर्नुभयोे ।

तालिमको प्रशिक्षकमा केशर सापकोटा रहनु भएको थियो । कार्यक्रमको सहजिकरण सञ्चालन केन्द्रका कोषाध्यक्ष रामप्रसाद चौधरीले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस