तुलसीपुर । तुलसीपुरका समाजसेवीहरुले पातुखोला पुलमा सरसफाइ तथा रङरोगन गरेका छन् । तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेल नेतृत्व तथा र मेघराज केसीकोे सहकार्यमा पातुखोला पुलमा सरसफाइ तथा रङरोगन गरिएको हो ।
अभियानमा समाजसेवी अभियन्ताहरू शन्दिप गौतम, निम बुढाथोकी, निमबहादुर डाँगी, राजु विश्वकर्मा, भूपबहादुर डाँगी, सुरेन्द्र रोकाया लगायत विभिन्न स्वतन्त्र अभियन्ताहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वतःस्फूर्त रुपमा उपस्थिति जनाएका युवाहरूको मुख्य उद्देश्य सरकारलाई सहयोग र दबाब दुवै दिने, नेपाली समाजमा सेवाभावको ऊर्जा संकलन गर्दै सामाजिक परिवर्तन ल्याउने तथा आपसी भाइचारा प्रवर्धन गर्ने रहेको अभियन्ताहरूले बताएका छन् ।

अभियानमा पौडेल हार्डवयर एन्ड सप्लायर्सका दयाराम पौडेल, पौडेल हार्डवयरका पिताम्बर पौडेल, सुनिल ट्रेडर्सका कल्याण भण्डारी, देश हार्डवयरका देबराज कडेल, बुलबुले हार्डवयरका दुर्गा प्रसाद चौधरीले पुल रंगाउन आवश्यक रङ तथा सामग्री सहयोग रङ सहयोग गर्नुभएको थियो ।
यस अभियानले स्थानीय तहमा स्वस्फूर्त नागरिक सहभागिताले पनि परिवर्तन सम्भव छ भन्ने सन्देश दिएको छ ।









