दाङ। तुलसीपुरका एक युवक सितलपुर घाट नजिकै मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका – १२ कचिलाका २१ वर्षीय किरण खत्री आइतबार बेलुकी सितलपुर घाटनजिकै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले बेलुकी साढे ६ बजेतिर केसी सितलपुरघाट नजिकै मृत अवस्थामा फेला परेको जानकारी दिनुभयो । उहाँका अनुसार मृतकको शरिरमा देखिने गरी कुनै घाउ खत भने छैन ।
शव पोष्टमर्टमका लागि तुलसीपुरस्थित राप्ति प्रादेशिक अस्पतालमा राखिएको हुँदा पोष्टमर्टमपछि थप कुरा भन्न सहज हुने डिएसपी ठकुरीले बताउनुभयो । एक जना आफन्तका अनुसार केसीको झोला सितलपुर मन्दिरको पूजारीले दिएको बताउनुभयो ।
केसी घर नजिकैका एक जना साथीलाई बिहान भेट्न गएका थिए । उनी दिउँसो तिर उरहरी चोकमा पनि पुगेको खुलेको छ । बिहान उनले भेटेका साथी भने भारत गइ सकेको आफन्तको दाबी छ ।
प्रहरीले भने मृतक केसीले लागु औषध सेवनकर्ता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएको छ । घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।















