दाङ । दाङ उपत्यकासहित देशका अधिकांश भूभागमा आज पनि बिहानैदेखि घाम लागेको छ । हिजो पनि दिनभर अत्याधिक गर्मिको महशुस गरिएको थियो ।
तर दाङमा हिजोको अधिकतम तापक्रम ३४ डिग्री सेल्सीयस मापन गरिएको थियो । अधिकतम तापक्रम धेरै नभएपनि गर्मीको उम्सो भने धेरै छ ।
मङ्गलवारसम्म सक्रिय रहेको मनसुन फेरि निष्क्रियजस्तै भएको छ । मौसमविद् हरिप्रसाद दाहालका अनुसार मनसुन निष्क्रिय नभएर कम सक्रिय भएको हो ।
मनसुन कम सक्रिय भएकाले दाङ उपत्यकासहित देशका धेरै ठाउँको मौसम सुक्खा भएको छ । आज पनि बिहानैदेखि घाम चर्किएको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमको पहाडी भेगसहित केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षको सम्भावना छ ।
राति कोशी र मधेश प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।













