२०८३ मङ्सिर ६ गते आइतवार

आजको मौसम मुख्यतया सफा रहने

दाङ । दाङ उपत्यकासहित देशभरको मौसम आज मुख्यतया सफा रहने छ । भोलिदेखि भने देशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज कोशी र मधेश प्रदेशमा आंशिक बादल लागे पनि बाँकी ठाउँमा मौसम मूख्यतया सफा रहनेछ । अहिले बिहान तराई, उपत्यका तथा खोँचहरूका थोरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ ।

भोलि देशभर आंशिक बादल लाग्ने र कोशी प्रदेशको एक/दुई ठाउँमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै मधेश प्रदेशको एक/दुई ठाउँमा पनि मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ ।

पर्सि आइतवार पनि कोशी प्रदेश र हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । सोमवार हिमाली भू–भाग तथा कोशी र गण्डकी प्रदेशको पहाडी भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस