२०८३ कार्तिक २२ गते आइतवार

लुम्बिनी, कर्णाली र गण्डकीका उपल्लो क्षेत्रमा हल्का वर्षाको सम्भावना

दाङ । दाङ उपत्यकासहित देशका अधिकांश ठाउँको मौसम सफा रहेको छ । तर पश्चिमी वायुको आंशिक प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागमा आंशिक बादल लागेको छ ।

त्यस्तै तराई, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै ठाउँमा हुस्सु/कुहिरो लागेको छ । घाम लागेसँगै अहिले लागेको हुस्सु/कुहिरो हट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी ठाउँको मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ भने तराईको मौसम सफा रहनेछ । लक्ष्मीपूजाको दिन आज दिनभर मौसम घमाइलो भए पनि बेलुकापख कर्णाली, लुम्बिनी र गण्डकीका उपल्लो क्षेत्रमा बदली र हल्का वर्षाको सम्भावना छ ।

मौसमका जानकार उज्ज्वल उपाध्यायकाअनुसार आज बेलुका विशेष गरी जुम्ला, कालिकोट, रुकुम पूर्व र पश्चिम अनि बागलुङमा हल्का वर्षाको सम्भावना रहेको छ । तिहारका अरु बाँकी दिनमा मौसम घमाइलो रहनेछ ।

मौसमविद् सञ्जीव अधिकारीकाले तिहार अवधिभर देशभरको मौसम सामान्यतया सफा रहे पनि हिमाली र उच्च पहाडी थोरै ठाउँमा आंशिक बदली र छिटपुट वर्षा हुन सक्ने बताउनुभएको छ । उहाँकाअनुसार यसले दैनिक कामकाजमा कुनै प्रभाव पार्ने छैन ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस