२०८२ माघ २५ गते आइतवार

लुम्बिनीमा खेलकुद मन्त्रीमा लोसपाका पाण्डे नियुक्त

दाङ । लुम्बिनी प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सन्तोष पाण्डे खेलकुद मन्त्रीमा नियुक्त हुनुभएको छ ।

पाण्डेलाई मुख्यमन्त्री चेतनारायण आचार्यले युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गर्नुभएको हो ।

पाण्डेको शपथग्रहण भोलि सोमबार दिउँसो ३ बजे हुने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्याालयले पाण्डेलाई मन्त्री नियुक्त गरेको जानकारी आजै इमेलमार्फत प्रदेश प्रमुखको कार्यालयलाई गराइसकेको आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले जानकारी दिनुभयो ।

पाण्डेको दल लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश सरकारको बजेटमाथि छलफल भइरहेका बेला एकाएक सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा गएको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस