२०८२ मङ्सिर २७ गते शनिवार

भवन निर्माणमा ऊर्जा खपत कम गर्न इन्जिनियरहरूलाई तालिम

तुलसीपुर। भवन बलिया भएपनि स्वस्थ भवन निर्माणका लागि कन्जुस्याई गरेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन्।

उर्जा खपतमा कमि र प्राकृतिक रूपमै स्वस्थ भवन निर्माणका लागि सुरुवाती चरणमै ध्यान दिन नसक्दा यस्तो समस्या आउने गरेकोमा सरोकारवालाहरूले जोड दिएका हुन् । युरोपियन युनियनको सहयोगमा सञ्चालित बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल परियोजनाको आयोजनामा प्राविधिक क्षेत्रमा कार्यरत कर्मचारीहरूका लागि आयोजित तीन दिने उर्जा दक्ष तथा स्रोत प्रभावकारी भवन निर्माण सम्बन्धी तालिमको आज समापन अवसरमा सहभागीहरूले यस्तो बताएका हुन् ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले भवन वलिया बनाउन तयार भएपनि स्वस्थ बनाउन कन्जुस्याइँ हुने गरेको बताउनुभयो।

उर्जा प्रभावकारीता कम खपत गरेर भवनलाई प्राकृतिक रूपमै स्वस्थ राख्न सके घरसंग मानव जिवनमा समेत सकारात्मक प्रभाव पर्ने बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत पार्धेले भवन निर्माणका लागी डिजाइनिङ र प्रयोग गरिने सामाग्रीमै ध्यान दिए कम उर्जा खपत भई आर्थिक मितव्ययिता कायम गर्न सकिने समेत बताउनुभयो ।

इन्जिनियरहरू मिना योगी,महेश भण्डारी ,अभिशेख कर्ण लगाएतले स्थानिय सामाग्री र प्रबिधिको प्रयोगबाट भवन निर्माणमा ऊर्जा खपत कम गर्न सकिने कुरा उपभोक्ताहरूका लागि महत्वपूर्ण रहेको बताएका छन्।

तापिय हिसावले आरामदायी वातावरण,स्वच्छ वातावरण अनि कम ऊर्जा खपतले स्वस्थ जीवनयापन गर्न सहज हुने भएकाले अब निर्माण हुने सबै भवनमा यस्तो डिजाइनिङ आवश्यक रहेको बताएका थिए।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका र लमहि नगरपालिकाका प्राविधिक शाखाका कर्मचारी,आर्किटेक र सिभिल इन्जिनियरहरू गरि ४२ जनाको सहभागिता रहेको थियो ।

यो प्रविधिमा घरको डिजाइन गर्दा उर्जा धेरै खपत चिसाउने र तताउने भएकाले प्राकृतिक खपत कम गर्न सकिने बहुउपयोगी रहेको प्रोजेक्ट आर्किटेक्ट अल्फा श्रेष्ठ प्रधानले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस