२०८२ माघ ५ गते सोमवार

कृषि विकास बैंकका शाखा प्रबन्धक गिरी मृत फेला

रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ बाहुनठाना स्थित कृषि विकास बैंकमा कार्यरत प्रबन्धक आफ्नै निवासमा मृत फेला पर्नुभएको छ ।

सल्यानको बागचौर नगरपालिका–८ कोटमौला घर भई हाल सो बैंकमा प्रबन्धकका रूपमा कार्यरत ५२ वर्षीय शिवशंकर गिरी शनिबार दिउँसो अचेत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार शनिबार दिउँसो करिब २ः५० बजे गिरी अचेत अवस्थामा फेला परेको सूचना प्राप्त भएपछि प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादवको कमान्डमा टोली घटनास्थल पुगेको थियो ।

उहाँलाई जाँच गर्ने क्रममा चिकित्सकले अपरान्ह ४ : २० बजे गिरीको मृत्यु भइसकेको घोषणा गरेका हुन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस