२०८२ असोज २४ गते शुक्रवार

रेडियो हाम्रो पहुँच आजदेखि १६ औँ वर्षमा प्रवेश


दाङ । दाङको तुलसीपुरबाट प्रशारण भइरहेको रेडियो हाम्रो पहुँच ८९ मेगाहर्ज आजदेखि १६ औँ वर्षमा प्रवेश गरेको छ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्धारा संचालित रेडियो हाम्रो पहुँच आजबाट १५ औँ वर्ष पुरा गरी १६ औँ वर्षमा प्रवेश गरेको हो ।

२०६७ साल भदौ ५ गतेबाट औपचारिकरुपमा प्रशारणमा आएको आएको रेडियो हाम्रो पहुँच १६ औँ वर्षमा प्रवेश गरेको अवसरमा संस्थाका अध्यक्ष शुक्रराज भण्डारी र रेडियाका स्टेशन म्यानेजर वसन्त पौडेलले साझेदार रेडियो स्टेशन, सम्पूर्ण स्रोता, विज्ञापनदाता, सहकर्मी कर्मचारी, संस्थाका सम्पूर्ण पदाधिकारी, शेयर सदस्य, शुभचिन्तक लगायत सबैमा हार्दिक आभार प्रकट गर्नुभएको छ ।

रेडियो संचालन तथा सफलतामा सबैको साथ रहेको भन्दै आगामी दिनमा यस्तै साथ र सहयोगको अपेक्षा गरिएको छ । जनजनको आवाज ,मनमनको आवाज, गणतान्त्रिक नेपालको समावेशि आवाज भन्ने नारासहित स्थापना भएको रेडियोले विषेशगरी सहकारीसंगै पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि, वातावरण, सुशासन, लोकतन्त्र, विकास, महिला अधिकार लगायतका मुद्धालाई प्राथमिकतामा राखेको छ ।

रेडियोलाई लुम्बिनी प्रदेशको राजधानी दाङसहित लुम्बिनी प्रदेश र कर्णाली प्रदेश आसपासका जिल्लामा ८९ मेगाहर्जमा सुन्न सकिन्छ भने इन्टरनेट अनलाईन , फेसबुक, यूट्युव, टिकटक लगायतका डिजिटल माध्यमबाट संसारभर सुन्न र हेर्न सकिने स्टेशन म्यानेजर पौडेलले बताउनुभयो । रेडियोले वस्तीदेखि सरकारसम्म र सरकारका कुरा गाउँसम्म पुर्‍याउँदै लैंगिक समानता, लोकतन्त्रको रक्षादेखि समाज रुपान्तरणमा निरन्तर भूमिका निर्वाह गर्दै आएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस