२०८२ माघ २५ गते आइतवार

लुम्बिनीको दाङसहित ६ जिल्लामा आइतबार बिदा


दाङ । लुम्बिनी प्रदेश सरकारले पर्सी आइतबार सार्वजनिक विदा दिएको छ । बर्का अट्वारी पर्वको अवसरमा भदौ ८ गते आइतबार थारू समुदायको बसोवास धेरै रहेका दाङसहित ६ जिल्लामा सार्वजनिक बिदा दिने भएको हो ।

थारु समुदायको बसोवास बढी रहेको दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको छ ।

थारू समुदायमा महत्वका साथ मनाइने बर्का अट्वारी पर्व यस वर्ष भदौ ८ गते आइतबार परेको छ ।

यो पर्वमा थारू समुदायका पुरुषहरू उपवास ‘ब्रत’ बस्ने चलन छ । यो पर्वमा निराहार व्रत बसी सूर्यको पूजा गरी मनाइने सांस्कृतिक मान्यता छ । थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकको रूपमा मान्दै आएका छन् ।

पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ । कुशे औंसीपछिको पहिलो आइतबार यो पर्व मनाउने गरिन्छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस