दाङ, ७ भदौ । लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सांसद धनबहादुर मास्कीले दाङको विकासका लागि तीनै दलका शिर्ष नेताले दिएको आश्वसन पूरा नभएको बताउनुभएको छ ।
एच आर मिडिया हाउस प्रालिको दोस्रो वार्सिकोत्सबको अवसरमा शनिबार तुलसीपुरमा आयोजना गरिएको कार्यक्रममा पूर्व अर्थमन्त्री मास्कीले तुलसीपुरको टरिगाउँ विमानस्थल स्तरोन्तनतीका लागि तीनै दलका शिर्ष नेताले दिएको आश्वासन पूरा नहुँदा नागरिक निराश भएको बताउनुभयो ।
प्रदेश सांसद मास्कीले प्रमुख दलको नेतृत्वकै कमजोरीका कारण नागरिकले विकल्प खोज्न थालेको बताउनुभयो । उहाँले एमाले र कांग्रेसले दुई तिहाई बहुमतको दम्ब देखाएको बताउँदै सत्ता र शक्ति सधैँ नहुने समेत बताउनुभयो ।
शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले समाज परिवर्तनमा संचार जगतको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले गाउका दुर दराजमा रहेका नागरिकका आवाज बाहिर ल्याउन आग्रह गर्नुभयो ।
एच आर मिडिया हाउसका अध्यक्ष निमा रानाको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री तथा सांसद धन बहादुर मास्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुबेदी, सल्यानको कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारी, ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख नरेन्द्र शाही, युथ अफ तुलसीपुरका अध्यक्ष अरुण लहरे, मानव सेवा आश्रमका हिरु जोशी, पर्यावरणिय तथा दीगो विकास अनुसन्धानका संरक्षण केन्द्रका अध्यक्ष डिल्ली बहादुर रावत, रासस दाङका प्रमुख नारायणी रजौरे, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष बिरेन्द्र कुमार शाह, फोनिज दाङ्का अध्यक्ष दीप्तिशिखा चौधरी, जनपत्रकार संगठन दाङका अध्यक्ष हेमन्तप्रकाश वली, सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष पवन कार्की, प्रेस सेन्टर दाङका सचिब दिपक बोहरा लगायतले निष्पक्ष पत्रकारिताको खाँचो औँल्याउनुभयो ।
एच आर मिडिया हाउसका प्रबन्ध निर्देशक एच आर मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण चलचित्र पत्रकार संघ दाङका सचिव निरला अर्याल गैरेले गर्नुभएको हो । यसैबिच दोस्रो वार्षिकोत्सवको अवसरमा रेडियो हाम्रो पहुँचका सरीता चौधरी, नयाँ युगबोध राष्ट्रिय दैनिकका तुलसीपुर प्रमुख एकराज भण्डारी, तिलक केसी, हेमराज परिवर्तन, बिरेन्द्र घर्तीमगर सम्मानि हुनुभएको छ । प्रालिले प्रमाणपत्र र दोसल्लाले सम्मान गरेको हो ।














