२०८२ मङ्सिर २२ गते सोमवार

माइतीमा आएकी गीता ओलीको बाख्रा चराएर फर्कने क्रममा भीरबाट लडेर मृत्यु

सल्यान, १० भदौ । सल्यानमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । भीरबाट लडेर बागचौर नगरपालिका ९ परिलेखकी २४ वर्षीया गीता ओलीको मृत्यु भएको हो ।

भीरबाट लगेर गम्भीर घाइते ओलीको उपचारका लागि जिल्ला अस्पताल सल्यान ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताउनुभयो ।

घर नजिकैको मोखल्यान सामुदायिक वनबाट बाख्रा चराएर फर्कने बेला सोमबार बेलुकी ७ बजेतिर ओली भीरबाट लडेको प्रहरीले जनाएको छ । उहाँको टाउकामा गहिरो चोट लागेको थियो ।

ओली भीरबाट ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । ओली सोमबार माइतीमा आएको समयमा बाख्रा चराउन जानुभएको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस