२०८२ मङ्सिर २७ गते शनिवार

नेपालले साउथ अस्ट्रेलियालाई दियो १४७ रनको लक्ष्य


दाङ । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले बिहीबार बिहान भएको अभ्यास खेलमा साउथ अस्ट्रेलियालाई १४७ रनको चुनौती दिएको छ ।

पहिलो खेलमा टस जितेर साउथ अफ्रिकाले फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको हो। साउथ अफ्रिकाको कसिलो बलिङविरुद्ध नेपालका कुनै पनि ब्याट्सम्यानले लामो इनिङ खेल्न सकेनन् । भीम सार्कीले ३२ बलको सामना गरेर सर्वाधिक ३२ रन जोड्नुभयो । अलराउन्डर दीपेन्द्रसिंह ऐरीले १९ बलको सामना गरेरर २६ रन जोड्दा आशिफ शेखले १३ बलको सामना गरेर २२ रन बनाउनुभयो । पूरै २० ओभर खेल्दै नेपालले ९ विकेटको क्षतिमा १४६ रन बनाएको हो ।

नेपाललाई सस्तैमा समेट्न साउथ अस्ट्रेलियाका थम्पसन, टी ब्राउन र एच मानेन्टीले समान दुईदुई विकेट लिनुभयो । अहिले अस्ट्रेलियाले जवाफी ब्याटिङ गर्दैछ ।

नेपाल र साउथ अस्ट्रेलियाका टी–२० अभ्यासका दुई खेल आजै हुँदैछन् । पहिलो खेल सकिए लगत्तै नेपालले सोही टिमसँग दोस्रो प्रतिस्पर्धा गर्नेछ ।

यसअघि मंगलबार भएका दुई खेलमा नेपालले अस्ट्रेलियन क्यापिटल टेरोटरी (एसिटी)सँग प्रतिस्पर्धा गरिसकेको छ । मंगलबारको पहिलो खेलमा नेपालले ४१ रनको जित निकालेको थियो भने दोस्रो खेलमा ६ विकेटको जित हात पार्यो ।

पहिलो खेलमा नेपाललाई जित दिलाउन ह्याट्रिकसहित सन्दीप लामिछानेले पाँच विकेट हात पारेका थिए भने दोस्रो खेलमा दीपेन्द्रसिंह ऐरी र साहब आलमले समान चारचार विकेट लिएका थिए ।

आज दुई वटा टी–२० सिरिज खेलेपछि नेपालले अस्ट्रेलियामा एउटा ओडिआई प्रतिस्पर्धा गर्नेछ । नेपालले शनिबार साउथ अस्ट्रेलियासँग ओडिआई प्रतिस्पर्धा गर्नेछ । उक्त खेल शनिबार बिहान ५ः१५ बजे सुरु हुनेछ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस