२०८२ माघ ७ गते बुधवार

सिर्जना महिला सामुदायिक वनको १८ औं साधारणसभा सम्पन्न


तुलसीपुर । तुलसीपुर उपमहानरपालिका–१६ रावत गाँउमा रहेको सिर्जना महिला सामुदायिक वनको १८ औं साधारसभा भएको छ । आज शनिबार एक कार्यक्रमको आयोजना गरी साधारणसभा सम्पन्न भएको हो ।

श्रीजना महिला सामुदायिक वनका अध्यक्ष सुशिला बुढाथोकीको अध्यक्षता तथा सामुदायिक वन उपभोक्ता महासंघ तुलसीपुरका अध्यक्ष खेमराज महतराको प्रमुख आतिथ्यता तथा विजौरी सव डिभिजन कार्यालयका रेन्जर विरजंग ओलीको विशिष्ट आतिथ्यतामा साधारणसभा भएको हो ।

कार्यक्रमलाई सम्बोधन गदै प्रमुख अतिथी महतराले वनलाई हराभरा गराउनुपर्ने बताउनुभयो । उहाँले महिला सामुदायीक वनलाई संरक्षण गरेर लैजानुपर्नेमा जोड दिनुभयो । पछि महिलाहरु वनबाटै उद्यमशिलतामा लाग्ने वातावरण निर्माण गर्नुपर्ने उहाँको भनाई छ । त्यसको लागि सामुदायिक वन उपभोक्ता महासंघ तुलसीपुरले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथी विरजंग ओली, तुलसीपुर उपमहानगरपालिका–१७ का सदस्य श्रीधर पौडेल, १६ का सदस्य पार्वता विक, दिपेन्द्र मावि मानपुरका पूर्व शिक्षक शान्ता धिताल, वनका पूर्व अध्यक्ष ज्ञानुमाया रावत लगाएतकाले शुभकामना मन्तव्य राख्‌का थिए ।

वनको आयव्यय प्रतिवेदन सदस्य शोभा सुवेदी धितालले प्रस्तुत गर्नु भएको हो । सदस्य गिता ओलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सदस्य शोभा सुवेदी धितालले गर्नुभएको थियो ।

यसैबिच आजको साधारणसभाले नयाँ कार्य समिति चयन गरेको छ । सुशिला बुढाथोकीको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरिएको छ । जसको उपाध्यक्षमा इशा धिताल, सचिवमा शोभा सुवेदी धिताल, कोषाध्यक्षमा शोभा केसी, सहसचिवमा बिनिता सुनार चयन हुनुभएको छ ।

यस्तै सदस्यमा सरस्वति पुन, मन कुमारी पुन, राज कुमारी चौधरी, इन्द्रा गीरी, जानकी पौडेल र ज्ञानी रावत रहनुभएको छ । सल्लाहाकारमा अधिवक्ता डिल्लीराज धिताल, लक्ष्मण चौधरी, मित्रलाल राजगुरु र विष्णु बहादुर पुन चयन भएको सहकर्मी घनश्याम ओलीले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस