२०८२ फाल्गुन २६ गते मङ्गलवार

ग्रेट अरनिको स्कुल कक्षा ११ मा नव आगन्तुक विद्यार्थीलाई स्वागत

तुलसीपुर ।
ग्रेट अरनिको इङ्लिस सेकेन्डरी स्कुल, तुलसीपुरमा कक्षा ११ मा अध्ययनरत नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ।

स्कुल सञ्चालक समितिका अध्यक्ष मानबहादुर बस्नेतको अध्यक्षतामा भयको कार्यक्रमममा प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्डका कार्यालय प्रमुख कमल प्रसाद अर्यालले विद्यार्थीलाई परीक्षालाई डर होइन रमाइलोका रूपमा लिनुपर्ने सुझाव दिनुभयो। उहाँले शिक्षण-सिकाइमा अनुशासन, निरन्तरता र समर्पण आवश्यक रहेको उल्लेख गर्दै अबको पुस्ता नै देश चलाउने जिम्मेवार हुने बताउनुभयो। साथै, विद्यालय प्रशासनलाई मोटरसाइकल, मोबाइल र मिनी स्कर्ट प्रयोग नगर्न निर्देशन दिनुभयो।

विशिष्ट अतिथि प्याब्सन तुलसीपुर नगर समिति अध्यक्ष डम्बर डाँगीले कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै विद्यालयले गरेको आयोजनाले विद्यार्थीलाई थप उत्साह प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले शिक्षकले दिएको ज्ञानलाई मिहिनेतका साथ आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो।
सो अवसरमा ग्रेट अरनिकोका पूर्वविद्यार्थी तथा मकै बारी दहर्‍याम दहर्‍याम, हरिया काँक्रा कर्याम कर्यामका सर्जक सन्दिप सेन्चुरी र एमटी महरले सांगेतिक प्रस्तुति राखेका थिए । त्यस्तै, प्रधानाध्यापक विष्णुप्रसाद देवकोटा, दोघरे मावि प्रअ सुनिता यादव, विद्यार्थी कृतिका भण्डारी लगायतले व्यवहारिक शिक्षासंगै संस्कारयुक्त शिक्षामा जोड दिनुपर्ने बताएका थिए ।।
कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले गीत, नृत्य, नाटक, गजललगायतका सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरेका थिए। कमलप्रकाश शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नारायण भट्टराईले गर्नुभएको थियो।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस