दाङ । दाङको तुलसीपुर–७ झुमरेस्थित हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई आधारभूत सहकारी शिक्षा तालिम प्रदान गरेको छ ।
शनिबार आयोजित तालिम संस्थाको तालिम, सूचना तथा अध्ययन उपसमितिका संयोजक कृष्णप्रसाद पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको हो ।
शेयर सदस्यलाई सहकारीको उद्देश्य, सिद्धान्त, सदस्यको भूमिका तथा संस्थाका गतिविधिबारे जानकारी गराउने उद्देश्यले तालिम आयोजना गरिएको हो ।
तालिममा संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले प्रमुख प्रशिक्षकका रूपमा सहकारीका आधारभूत विषयमा प्रशिक्षण दिनुभएको थियो । यस्तै, संस्थाका कर्मचारी माधुरी पौडेलले तालिमको सहजीकरण गर्नुभएको थियो ।






















