२०८३ जेष्ठ १८ गते सोमवार

देशभर आज पनि निषेधाज्ञा कायमै, भोलि बिहान ६ बजेसम्म कर्फ्यू


दाङ । नेपाली सेनाले दाङसहित देशभर लागू भएको निषेधाज्ञा आज बेलुका ५ बजेसम्म निरन्तर रहने जनाएको छ । त्यसपछि भोलि बिहान ६ बजेसम्म कर्फ्यू कायमै रहनेछ ।

दाङको प्रमुख बजार तुलसीपुर,घोराही, लमही र भालुवाङ क्षेत्रमा अनिश्चितकालिन निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले बताउनुभयो ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ३ बमोजिम चार किल्ला तोकी सो सिमा भित्र कसैले आवतजावत गर्न कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने उल्लेख छ ।

तुलसीपुर उपमहानगरपालिका क्षेत्र भित्र पूर्वमा हात्तिखौवा, पश्चिममा कृष्ण मन्दिर, उत्तरमा आँखा अस्पताल र दक्षिण एअरपोर्टसम्म प्रतिबन्ध लगाएको छ ।

आन्दोलनका नाममा अझै पनि विभिन्न ठाउँमा अराजक गतिविधि भइरहेका र सुरक्षालाई ध्यानमा राखेर अहिले लागु भएको निषेधाज्ञा र कर्फ्यू कायमै राखिएको सेनाले जनाएको छ ।

निषेधाज्ञा तथा कर्फ्यू सम्बन्धमा आज सूचना निकालेर सेनाले यो बेला अत्यावश्यक सेवाका गाडी जस्तै एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका गाडी सञ्चालन हुने जनाएको छ ।

आवश्यक सहजताका लागि नजिकमा रहेका सुरक्षाकर्मीसँग समन्वय गर्न भनिएको छ । साथै आधिकारीक सूचना सम्प्रेषण गर्न र त्यस्ता सूचनामा मात्रै विश्वास गर्न अनुरोध गरिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस