२०८२ कार्तिक ३० गते आइतवार

रामेछाप कारागारमा कैदीबन्दी गेट तोडेर भाग्न खोज्दा सेनाले गोली चलायो, तीन जनाको मृत्यु

रामेछाप । जिल्ला कारागार कार्यालय रामेछापमा रहेका कैदीबन्दी कारागारको गेट तोडेर भाग्न खोज्दा नेपाली सेनाले गोली चलाएको छ । गोली लागेर तीन कैदीबन्दीको मृत्यु भएको छ भने १५ जना कैदीबन्दी घाइते भएका छन् ।

बिहीबार बिहान कारागारभित्र रहेका सबै कैदीबन्दीहरुले गेटहरु तोडेर सामुहिक रुपमा बाहिर निस्कन खोजेपछि सेनाले कैदी वन्दीहरुलाई रोक्ने प्रयास गरेको थियो । तर कैदीहरु भाग्न मुल गेटको ताला तोडेर बाहिर निस्केपछि सेनाले बाध्य भएर गोली चलाएको हो ।

गोली लागेर तीन कैदीबन्दीको मृत्यु भएको र १५ कैदीबन्दीको हाल रामेछाप अस्पतालमा उपचार भइरहेको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिनुभयो ।

कारागार कार्यालयमा अहिले नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले चारै तर्फ घेरा हाली सुरक्षा दिइरहेको छ । कारागारमा ५० जनाको क्षमता भएता पनि अहिले विभिन्न अपराधमा तीन सय जना कैदीबन्दी सो कारागारमा कैद जीवन व्यथीत गर्दै आएका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस