२०८३ जेष्ठ १८ गते सोमवार

दाङमा जनजीवन सामान्य बन्दै : खुल्न थाले पसल तर सार्वजनिक गाडी नचल्दा समस्या

दाङ। जेनजीको आन्दोलनका कारण केहि दिन असामान्य बनेको जनजीवन सामान्य बन्न थालेको छ । बजारमा चहलपहल बढ्न थालेको छ भने सडकमा नीजि सवारी साधन चल्न थालेका छन् । आन्दोलनका कारण सुनसा नबनेको बजारमा व्यवसायीले व्यापार व्यवसाय संचालन गर्न थालेका छन् ।

यद्यपी सार्वजनिक सवारी अझै चलेका छैनन् । स्थिति सामान्य बन्न थालेपछि प्रशासनले दिउँसको समयमा निषेधाज्ञामात्रै जारी गर्ने गरेको छ ।

दाङमा आज बिहान १० बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । बिहान ५ बजेसम्म जारी कर्फ्यु हटेपछि अहिले निषेधाज्ञा जारी भएको हो । निषेधज्ञाको समयमा ५ जनाभन्दा बढी भेला हुन नपाउने, कुनै बैठक, सभा पनि गर्न नपाउने दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकास अर्यालले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी अर्यालले सुरक्षा अवस्था हेरेर फेरि निषेधज्ञाको समय थप गरिने बताउनुभयो । जेनजीको आन्दोनलनका कारण स्थिति असमान्य बनेपछि दाङको प्रमुख बजार तुलसीपुर, घोराही, लमही र भालुवाङ क्षेत्रमा मंगलबारदेखि कर्फ्यु र निषेधज्ञा जारी भइरहेको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ३ बमोजिम चार किल्ला तोकी सो सिमा भित्र कसैले आवतजावत गर्न कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने उल्लेख छ ।

यसैबिच सार्वजनिक गाडी नचल्दा सर्वसाधारण नागरिकलाई सास्ती भएको छ । शान्ति सुरक्षा कायम राख्न सुरक्षा निकायले दिउँसोको निषेधाज्ञा र रातिको कर्फयूलाई केही खुकुलो बनाउँदै निरन्तरता दिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस