२०८२ कार्तिक ३० गते आइतवार

दाङ उपत्यकासहित देशका केहि ठाउँमा वर्षा जारी

दाङ। दाङ उपत्यकासहित लुम्बिनी, कर्णाली, सुदुरपश्चिम र गण्डकी प्रदेशका अधिकांश ठाउँमा वर्षा भइरहेको छ ।

मौसम पूर्वामानुमान महाशाखाका अनुसार पछिल्लो ३ घण्टामा दाङको तुलसीपुर र बेलझुण्डी, बागासोती वर्षामापन केन्द्र, बाकेको सिक्टा र बैजापुर वर्षामापन केन्द्र, कपिलवस्तुको भगवानपुर वर्षामापन केन्द्रमा मध्यम–भारी वर्षा मापन भएको छ ।

आज दिउँसो पनि गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँहरूमा तथा कोशी प्रदेशको एक, दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस