
दाङ, १५ असोज । तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनीमा रहेको अस्थायी प्रहरी पोष्टले नवमीको अवसरमा पुजापाठ गरेको छ । आज (शुक्रबार) प्रहरी पोष्टमा नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी हतियारहरुको पुजा गरिएको पोष्टका इन्चार्ज देविलाल अधिकारीले जानकारी दिनुभयो ।
हरेक बर्ष प्रहरी पोष्ट पर्सेनीले दशैं सुरु भएपछि आजकै दिनमा यस्ता कार्यक्रम गर्दै आएको छ । त्यस अबसरमा तुलसीपुर–७ का वडा अध्यक्ष राम बहादुर जिसीले संस्कृतिको संरक्षण गर्न यस्ता कार्यक्रमले मद्दत पुग्ने बताउनुभयो ।
कार्यक्रममा जेष्ठ नागरिक, राजनीतिक दलका प्रतिनिधि पत्रकार लगायत स्थानीयहरूको सहभागिता रहेको थियो ।