२०८२ असोज २४ गते शुक्रवार

सल्यानमा जिप दुर्घटना हुँदा ८ जना घाइते


सल्यान । सल्यानमा जीप दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन् । शारदा नगरपालिका–८ जावलपुर, खलंगास्थित सुनाचौरतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ च ०१८६ नम्बरको डबलक्याप जीप आज सोमबार दिउँसो १ बजेतिर दुर्घटना भएको हो ।

घाइतेमध्ये शारदा नगरपालिका–८ आराका २७ वर्षीय जीप चालक सुरेन्द्र कुँवरको अवस्था भने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता रेशम खत्रीले जानकारी दिनुभयो । अन्यको अवस्था मध्यम रहेको प्रहरी निरीक्षक खत्रीले बताउनुभयो ।

प्रहरीका अनुसार सोही ठाउँका सुनाचौर बस्ने ६२ वर्षीया भोटी कुमारी बुढाथोकी, १८ वर्षीय कुल बहादुर बुढा, ६९ वर्षीय लाल बहादुर भण्डारी, २१ वर्षीया मञ्जुरी राना, उहाँका ५ महिनाकी छोरी एलिशा राना, २६ वर्षीय सुशील कुवँर, र ८५ वर्षीय भूप बहादुर विक घाइते भएका छन् ।

घाइतेमध्ये केहीको जिल्ला अस्पताल सल्यान र केहीको कर्णाली अस्पताल श्रीनगरमा उपचार भइरहेको छ । जीप सडकबाट करिब ५० मिटर तल खसेको छ । दुर्घटना कसरी भयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस