२०८२ असोज २४ गते शुक्रवार

कपुरकोटमा तेस्रो वडा कप खेलकुद प्रतियोगिता सुरु

सल्यान, २३ असोज । कपुरकोट गाउँपालिका–३ मा तेस्रो वडा कप खेलकुद प्रतियोगिता २०८२ आजबाट सुरु भएको छ ।

वडा नं. ३ का अध्यक्ष प्रदीप खड्काको अध्यक्षता तथा कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको हो ।

उद्घाटन कार्यक्रममा उपाध्यक्ष प्रकाश भण्डारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत नेत्रनारायण भण्डारी, वनस्पति अनुसन्धान कार्यक्रमका संयोजक डा. मित्रलाल पाठक, जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू, आमा समूहका सदस्य, स्थानीय कलाकारलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य कार्यपालिका सदस्य राधिका ऐरिले गर्नुभएको थियो भने सञ्चालन वडा सचिव हिरामणि घर्तीले गर्नुभएको हो । आयोजकका अनुसार प्रतियोगिता असोज २५ गतेसम्म सञ्चालन हुनेछ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस