२०८२ मङ्सिर २२ गते सोमवार

भाइटीकाको दिन आज धेरै ठाउँको मौसम सफा रहने अनुमान

दाङ। भाइटीकाको दिन आज देशका धेरै ठाउँको मौसम सफा छ । तर पहाडी एक/दुई ठाउँमा हल्का वर्षा र उच्च हिमाली एक/दुई ठाउँमा हिमपातको सम्भावना छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र मधेश प्रदेशलगायत देशका बाँकी भागमा मौसम आंशिक बदली रहनेछ ।

देशभर उल्लेखनिय मौसमी प्रणालीको प्रभाव नरहेको तर पश्चिमी वायुको सामान्य प्रभावले बदली र छिटपुट वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस