२०८२ कार्तिक ३० गते आइतवार

दाङमा अबैध सालको काठसहित दुई जना पक्राउ


दाङ । दाङमा अबैध सालको काठ बरामद गरिएको छ । सालको काठसहित दुई जनालाई प्रहरीले पक्राउ परेको हो ।

ट्याक्टर चालक गढवा गाउँपालीका–१ कालाकाटे बस्ने ३९ वर्षका बिकाश घर्तिमगर र काठ खरिद गरी ल्याउने राप्ती गाउँपालीका–१ पाखापानी बस्ने ४३ वर्षका डिल्लीराज गिरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

कार्तिक ३ गते बिहान ८ बजेतिर राप्ती गाउँपालिका–१ पुलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा प्रहरी चेकिङ टोलीले कालाकाटेबाट पाखापानीतर्फ जाँदै गरेको रा.१ त २१२१ नम्बरको ट्र्याक्टर रोकेर चेकजाँच गर्ने क्रममा सालको चिरान काठ बरामद गरेको डिएसपी शाहले जानकारी दिनुभयो ।

अबैध रुपमा ल्याईएको सालको १४ थान काठ (३८.८७ क्युफिट ) अनुमानित ४८ हजार ५८७ रुपैंया मुल्य बराबरको रहेको उहाँले जानकारी दिनुभयो ।

आवश्यक कारवाहीका लागि पक्राउ परेका दुवै जना, ट्याक्टर र बरामद काठसहित डिभिजन वन कार्यालय लमहीमा पठाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस