दाङ । दाङमा जुवा खेल्दै गरेका दुई जना महिलासहित पाँच जना पक्राउ परेहा छन् । घोराही उप–महानगरपालिका–१८ कात्तिके डाँडास्थित कालिका सामुदायिक वनको प्रतिक्षालयमा जुवा खेलिरहेको अवस्थामा पाँच जनालाइ पक्राउ गरेको दाङ प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१० खैरा बस्ने ३२ वर्षका विर बहादुर बुढा मगर, घोराही–१२ हापुर साजखर्क बस्ने ३७ वर्षका दल बहादुर बुढा, रोल्पाको त्रिवेणी गाउँपालिका–२ नुवागाउँका ४० वर्षीया तुलसी खड्का, सोही ठाउँका ४२ वर्षीया कल्पना घर्ती मगर र ४० वर्षीय भम बहादुर बाठा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।
गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सो स्थानमा छापा मार्दा ५ गड्डी खोलेको र ७ गड्डी नखोलेको तास नगद ५५ हजार २ सय रुपैंया बरामद गरेको डिएसपी शाहले जानकारी दिनुभयो । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










