२०८३ असोज २१ गते बुधवार

दाङमा सात दिनको अवधिमा २२ जना फरार प्रतिवादी पक्राउ


दाङ । दाङमा सात दिनको अवधिमा २२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले विभिन्न मुद्दामा फैसला भई फरार रहेका २२ जना प्रतिवादीलाई पक्राउ गरेको हो ।

फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले फरार प्रतिवादीहरूको निरन्तर खोजतलास गर्ने क्रममा असोज १२ गतेदेखि १९ गतेसम्म जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका २२ जना फरार प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि दाङ जिल्ला अदालत, घोराहीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूबाट एक लाख ९२ हजार एक सय रुपैंया जरिवाना असुलउपर गर्नुपर्ने छ । त्यस्तै उनीहरूबाट ६ वर्ष ६ महिना ७ दिन कैद सजाय समेत असुलउपर गर्नुपर्ने जनाइएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस