दाङ । सुनचाँदीको भाउ आज सामान्य बढेको छ । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेर तोलाको दुई लाख ३८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ३७ हजार आठ सय रुपैयाँ थियो ।
यस्तै चाँदीको भाउ पनि केही बढेको छ । आज चाँदीको भाउ तोलाको १० रुपैयाँले बढेर तोलाको तीन हजार २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार १० रुपैयाँ थियो ।














