२०८२ मङ्सिर २२ गते सोमवार

आज सुनको भाउ तोलामा २ हजार ९ सयले बढ्यो


दाङ । आज सोमबार सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लगि सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँ तय गरेको छ । यसअघि आइतबार २ लाख ३८ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

पछिल्ला ५ दिनदेखि सुनको भाउ उकालो लागेको छ । कात्तिक १९ गते सुनको भाउ प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँ थियो । त्यसयता मूल्य ४ हजार ३ सय बढिसकेको छ । असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च तोलाको २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनेको छ ।

आज सोमबार चाँदीको भाउ पनि तोलामा रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार १५ रुपैयाँ रहेको चाँदी आज ५० रुपैयाँ बढेर ३ हजार ६५ रुपैयाँ पुगेको छ । यसअघि असोज ३१ गते चाँदी प्रतितोला ३ हजार ३५० पैयाँसम्म पुगेको रेकर्ड छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस